नियम १०
छापा कागजपत्रहरू
(क) “छापा कागजपत्र” भन्नाले छापिएको, इन्ग्रेभ गरिएको, लिथो गरिएको, मिमियोग्राफि गरिएको वा फाेटो खिचिएको सबै प्रकारका समाचार पत्रपत्रिका, किताब पर्चा, सँगीतको सीट, भेट्ने कार्ड, ठेगाना कार्ड, छपाईको प्रुफ, इन्ग्रेभिङ्ग फाेटो र फाेटो भएका अलबम र सूचनाहरूलाई र छपाई, इन्ग्रेभिङ्ग लिथो, मिमियोग्राफी, फाेटोग्राफी र तुरून्तै चिन्न सकिने अरू कुनै यान्त्रिक प्रक्रियाद्वारा सामान्यतया कागजपत्र वा कार्डबोर्ड वा यस्ता अरू कुनै वस्तुमा बनाइएको लिखत वा उतारिएको प्रतिलिपिहरू सम्झनु पर्छ । तर ट्रेसिङ्द्वारा वा चल वा अचल टाइप भएको छापद्वारा वा टाइपराईटरद्वारा उतारिएको प्रतिलिपिलाई छापा कागजपत्र मानिने छैन,
(ख) कुनै हस्तलिखित वा टाइप गरिएको मूल प्रतिलिपिको धेरै गराउने यान्त्रिक प्रक्रियाबाट निकालिएका प्रतिहरू छापा कागजपत्रको रूपमा
हुलाकबाट चलान हुन सक्छन् । तर यस्तो प्रति २० प्रति भन्दा बढी भए मात्र यस श्रेणीमा मान्यता हुन सक्नेछ ।
(ग) व्यक्तिगत लेखापढी भएको चिठ्ठी, हुलाकपत्र, फिल्म, ग्रामोफाेन, डिस्क र स्वचालित संगीत यन्त्रको निमित्त प्वाल पारिएको कागज टिकट सटहीको मूल्य भएको कुनै छापिएको कागज, खाली कागज, खाम र अरू सबै स्टेशनरी वस्तुहरू छापा कागजपत्रको दरमा चल्न सक्ने छैनन्,
(घ) छापा कागजपत्रको प्याकेटको लम्बाई, चौडाई र मोटाई तथा अधिकतम तौल चिठ्ठी सरह नै हुनेछ ।
तर एउटै किताब भए पाँच किलोसम्म चलाउन सकिनेछ ।
(ङ) छापा कागजपत्रहरू हुलाक दाखिला गर्दा जा“च्न सजिलो हुने गरी बन्द गरेको हुनु र्पछ । पूरा बन्द नभएको खाममा वा खुला बट्टामा राखिएको, धागोले बाँधिएको वा गोल गरी बेरिएकोमा दुबै छेउ खुला गरिएको वा अरू त्यस्तै किसिमबाट प्याक गरिएको हुनु पर्छ,
(च) चित्रमय कार्डमा र छापिएको भेट्ने कार्ड, दुर्गा पूजा, दीपावली, नववर्षारम्भ सम्बन्धी कार्डहरू र शुभेच्छा, बधाई, धन्यवाद, सम्वेदना जनाउने शिष्टाचार सम्बन्धी कार्डहरूमा पठाउने तथा पाउनेको नाम र ठेगानामा लेखिने भन्दा बाहेक ५ शब्द भन्दा बढता लेख्न हुने छैन,
(छ) एउटै व्यक्तिले एउटै व्यक्तिको ठेगानामा डेलिभरी हुने गरी छापा कागजपत्र विशेष थैलामा बन्द गरी पठाउ“दा प्रापक र प्रेषक दुबैको नाम र ठेगाना लेख्नु पर्नेछ । यसरी पठाउने थैलाको तौल पच्चीस किलोग्राम भन्दा बढी हुनु हु“दैन । थैलाको तौल र त्यसमा लाग्ने महसुल दरको कूल अङ्क थैलाको लेबुलमा लेख्नु पर्नेछ । त्यसरी पठाएका विशेष थैला डेलिभरी हुन नसकी ˚िर्ता आएमा शुरूकै हुलाकबाट पठाउ“दा लाग्ने सरहको महसुल प्रेषकबाट पुन बुझी लिएर मात्र ˚िर्ता गरिनेछ ।
(२) छापा कागजपत्रहरू उपर्युक्त नियम (१) मा निर्धारित आकार भन्दा ठूलो भएमा वा अनियमित तरिकाले बन्द गरिएको भएमा प्रेषकलाई नै ˚िर्ता गरिनेछ । यस्ता छापा कागजपत्रमा कम महसुलको टिकट टाँसिएको भएमा, पुलिन्दा या छापा कागजपत्रको महसुलमा जुन घटी हुन्छ सोही बमोजिम बाँकी दस्तुर डेलिभरी गर्दा असुल गरिनेछ । पठाउनेले जो चाहिने कुराहरू पूरा गरी त्यस्तो वस्तु फेरि हुलाक दाखिला गर्न चाहेमा नयाँ वस्तुमा लाग्ने महसुल तिर्नु पर्छ ।